आइपिओमा सी आस्वा लागु हुने



काठमाडौं । साधारण सेयर(आइपिओ) निष्कासनमा सेन्ट्रलाइज आस्वा(सी आस्वा) लागु हुने भएको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सि आस्वा सफट्वेयर लागु गरेको जानकारी दिएको छ ।

धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार निष्कासन तथा बिक्री प्रवन्ध अनुमतिप्राप्त वित्तीय संस्थाका लागि धितोपत्र खरिद सम्बन्धित दरखास्त आवश्यक जाँचबुझ र हितग्राही खाता रुजु गर्न सि आस्वा सफट्वेयर तयार गरेको हो । सिडिएसले हिमालयन पावरले जारी गरेको आइपिओमा यो प्रणाली परिक्षण गरेको थियो । यसमा सफल भएको थियो ।

सि आस्वा निकाष्सनमा एक जना आवेदकले एक पटक मात्र आवेदन दिन पाउँने छ । सफ्वेयरले आवेदकको डिम्याट नम्बर,बैंक खाता,नागरिता लिने हुँदा सिस्टमले दुईपटक आवेदन गर्दा आवेदन अस्विकृत गरिदिन्छ ।


क्लिकमान्डु