भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले तनहुँ जिल्ला स्थित भानु नगरपालिका चन्द्रावती सतिस्वाँरा वडा नं २ मा शाखा कार्यालय खोली आफ्नो सेवा विस्तार गर्न लागेको छ । यसै क्रममा बैंकले उक्त भेगका चन्द्रावती उच्च माध्यमिक विद्यालय र अरनिको उच्च माध्यमिक विद्यालयमा बैकिङ्ग साक्षरता कार्यक्रमको संचालन गरेको छ ।

सो कार्यक्रममा माध्यमिक, उच्च माध्यमिक तथा स्नातक तहका विद्यार्थीहरुलाई बैकिङ्ग साक्षरता सम्बन्धी समसामायिक ज्ञान दिइएको थियो ।

कार्यक्रमले सेवाग्राहीहरुलाई बैकिंङ्ग तथा वित्तीय संस्थाका प्रकार, बचत गर्ने बानी र बचत गर्दाको लाभ, आर्थिक कारोबार, एटिएम कार्डको सदुपयोग, रेमिट्यान्स, आदिका बारेमा जानकारी दिइएको बैंकले जनाएको छ ।


क्लिकमान्डु