चुडामणि शर्मासँग अख्तियारले माग्यो ३ अर्ब धरौटी



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले आन्तरिक राजस्व विभागकका महानिर्देशक चुचुडामणि शर्मासँग ३ अर्ब रुपैयाँ धरौटी माग गरेको छ ।

अख्तियारको दुरुपयोग गरी अर्बौं रकम अनियमितता गरेको अभियोगमा शर्मालाई अख्तियारले गत जेठ १९ गते पक्राउ गरीहिरासतमा राखेको छ ।

शर्माले आफू हिरासतमुक्त हुन चाहेपछि अख्तियारले बुधबार ३ अर्ब रुपैयाँ धरौटी माग गरेको आयोगका सहप्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

‘चुडामणिजी एक महिनादेखि अख्तियारको हिरासतमा हुनुहुन्छ, उहाँमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ, अहिले हिरासतमुक्त हुने हो भने ३ अर्ब रुपैयाँ धरौटीमा छोड्न सकिने निर्णय भएको छ,’ रिजालले क्लिकमाण्डूसँग भने ।

शर्मा संलग्न रहेका १०० वटा फाइल खोलेर अनुसन्धान गर्दा ६/७ अर्ब रुपैयाँको हाराहारीमा अनियमितता भएको देखिएको उनले बताए । अझै १००० फाइल रहेको र आयोगले अनुसन्धान गरिरहेको रिजालले जानकारी दिए ।

‘उहाँले ३ अर्ब धरौटी बुझाउनु भयो भने अख्तियारले हिरासतमुक्त गर्छ, तर निरन्तर अनुसन्धान भने गरिनै रहन्छ,’ उनले भने ।

अख्तियारले शर्मासँग मागेको धरौटी रकम अहिलेसम्मकै ठूलो हो। अख्तियारले मागेको रकम धरौटी बुझाएमा शर्मा हिरासतमुक्त भएर मुद्दा लड्न सक्ने कानूनी व्यवस्था छ ।


पुष्प दुलाल