कञ्चन डेभलपमेन्टको हकप्रद सेयर असार ३० बाट बिक्री खुल्ला



काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकको हकप्रद सेयर असार ३० गतेबाट बिक्री खुल्ला हुने भएको छ ।

बैंकले आफ्ना सेयरधनीलाई १० बराबर १ को अनुपातमा १० लाख ३९ हजार ५ सय कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

हकप्रद बिक्री पश्चात बैंकको चुक्ता पुँजी ४५ करोड ४ लाख ५० हजार पुग्ने छ । बैंकको हकप्रद सेयर जेठ ३१ गतेभन्दा अगाडी कायम सेयरधनीले खरिदगर्न सक्ने छन् ।

हकप्रद बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको बैंकको सेयरधनीले भदौ १ गते भित्रमा आबेदन दिन सक्ने छन् ।


क्लिकमाण्डू