सप्तकोशी डेभलपमेन्टको सेयर असार ३० बाट



काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको हकप्रद सेयर असार ३० गतेबाट बिक्री खुल्ला हुने भएको छ ।

बैंकले आफ्ना सेयरधनीलाई १ बराबर १.३को अनुपातमा हकप्रद बिक्री गर्न लागेको हो ।

हकप्रद बिक्री पश्चात बैंकको चुक्ता पुँजी ४८ करोड ५३ लाख पुग्ने छ । बैंकको हकप्रद सेयर असार १४ गतेभन्दा अगाडी कायम सेयरधनीले खरिदगर्न सक्ने छन् ।

हकप्रद बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको बैंकको सेयरधनीले भदौ १ गते भित्रमा आबेदन दिन सक्ने छन् ।


क्लिकमान्डु