नेपाल राष्ट्र बैंक र कोरियाको केन्द्रीय बैंकबीच सहकार्य




काठमाडौं । नेपाल राष्ट्र बैंक र दक्षिण कोरियाको केन्द्रीय बैंकबीच सहकार्य हुने भएको छ । बृहत आर्थिक परिसुचकमा एकरुपता कायम गर्न अनुभब र सुचना आदान-प्रदान गर्ने सहमति हुन लागेको हो ।

मंगलबार नेपालको कन्द्रीय बैंक नेपाल राष्ट्र बैंक र दक्षिण कोरियाको केन्द्रीय बैंक बैंक अफ साउथ कोरियाबीच सहमतिपत्रमा हस्ताक्षर हुन लागेको नेपाल राष्ट्र बैंक स्रोतले जानकारी दियो ।

सहमतिपत्रमा हस्ताक्षर गर्नको लागि राष्ट्र बैंकले मंगलबार औपचारिक कार्यक्रम नै राखेको छ । सहमतीपत्रमा हस्ताक्षर गर्न कोरियाको केन्द्रीय बैंकका उच्चअधिकारी तथा प्राध्यापकहरुको टोली नेपाल आएको छ ।


क्लिकमान्डु