एकदिने बीमा अभिकर्ता तालिम सम्पन्न



काठमाडौं । बीमा समिति र कृषि विकास कार्यालय दोलखाको संयुक्त आयोजनामा एकदिने बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक श्रीमान कार्कीले बीमासम्बन्धी कानुनी व्यवस्था, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौतीदेखि यस क्षेत्रको विकास र विस्तारमा बीमा अभिकर्ताहरुले निर्वाह गर्नुपर्ने भूमिका विषयमा जानकारी दिएका थिए । उनले अभिकर्ताको काम कर्तव्य र अधिकार र जिम्मेदारीको विषयमा प्रकाश पारे ।

कार्यक्रममा झण्डै ६५ जना अभिकर्ताहरुको सहभागिता रहेको थियो । यसप्रकारको कार्यक्रम बीमा समिति संलग्न भएर गरेको दशौं रहेको समितिले जानकारी दिएको छ ।

पछिल्लो पटक कृषि विकास मन्त्रालयले वाली तथा पशुपंक्षी बीमालाई समितिको समन्वयमा हरेक जिल्लामा यस किसिमको अभिकर्तासम्बन्धी तालिम दिँदैआएको छ ।


क्लिकमान्डु