एभरेष्ट इन्स्योरेन्सको २० प्रतिशत बोनसपछि सेयर मुल्य समायोजन



काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको २० प्रतिशत बोनसपछि सेयर मुल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार २० प्रतिशत बोनसपछि एभरेष्टको सेयर मुल्य प्रतिकित्ता २ सय ४ सय ४२ मा समायोजन भएको छ । यसको बेस प्राइस १३ सय ९२ छ । एभरेष्टले २० प्रतिशत बोनससँगै ६०० प्रतिशत हकप्रद सेयर जारी गर्दै छ ।

बोनस र हकप्रदको सूचना चुवाएको आशंकामा धितोपत्र बोर्डले एभरेष्टको सेयर कारोबार रोक्का गरेको छ । हकप्रदपछिको सेयर मुल्य समायोजन हुँन भने बाँकी रहेको छ ।


क्लिकमान्डु