रिलायबल माइक्रोफाइनान्सको हकप्रद असार २५ बाट
काठमाडौं । रिलायबल माइक्रोफाइनान्सको हकप्रद सेयर असार २५ गतेबाट बिक्री खुल्ला हुने भएको छ ।
कम्पनीले २ः१ का दरले हकप्रद दिन लागेको हो । दुइ कित्ता साधारण सेयरधनीले १ कित्ता सेयर आबेदन दिन सक्ने छन् ।
कम्पनीले हकप्रद बिक्री प्रबन्धकमा सिभिल क्यापिटललाई नियुक्त गरेको छ ।