कर फर्छ्यौट आयोगका अध्यक्ष महत र ढकालको सूचना दिनेलाई अख्तियारद्धारा पुरस्कारको घोषणा



काठमाडौं । अर्बै रुपैयाँ कर छुट दिएर राज्यलाई हानी पुर्याएका कर फरछ्यौट आयोगका अध्यक्ष लुम्बध्वज(एलडी) महत र सदस्य उमेश ढकालको सूचना दिनेलाई अख्तियारले पुरस्कार दिने घोषणा गरेको छ ।

अख्तियारले सार्वजनिक सूचना जारी गर्दै आयोगले बयानलाई बोलाउदा महत र ढकाल अनुपस्थित रहेको हालसम्म फरार रहेको भन्दै पक्राउ गर्न सहयोग गर्नेलाई पुरस्कार दिने जनाएको छ ।
बयानका लागि अख्तियार नगएपछि महत र ढकाल विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।

कांग्रेस नेता डा रामशरण महत अर्थमन्त्री हुँदा कर फरछ्यौट आयोग गठन भएको थियो । आयोगका सदस्य सचिव रहेका आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मा अख्तियारको हिरासतमा छन् । अध्यक्ष रहेका महत र सदस्य रहेका ढकाल फरार छन् । अध्यक्ष महत कांग्रेस निकट र ढकाल एमाले निकट हुन् । उनीहरु नेपालमा नरहेको बुझिएको छ ।


क्लिकमान्डु