वित्तीय जागरण अभियान काभ्रेको भकुण्डेवेसीमा



काठमाडौं । वित्तीय जागरण राष्ट्रिय अभियानअन्तर्गतको कार्यक्रम बुधबार काभ्रेको भकुण्डेवेसीमा सम्पन्न भएको छ । मिडिया इन्टरनेशनलको आयोजना तथा नेपाल राष्ट्र बैंकको प्रवद्र्धनमा सञ्चालन भइरहेको अभियानअन्तर्गत यसपटकको कार्यक्रम काभ्रेमा गरिएको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अनुसन्धान विभागका प्रमुख नरबहादुर थापाले बैंकिङ क्षेत्रलाई प्रयोग गरेर समृद्धि हासिल गर्न सबैलाई आह्वान गरे । नेपालको आर्थिक विकासमा बैंक तथा वित्तीय संस्थाहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै थापाले वित्तीय सेवाको पहुँच नपुगेको स्थानमा छिटै बैंकिङ शाखा विस्तार गर्नुपर्ने कुरामा जोड दिए ।

त्यस्तै, नमबुद्ध नगरपालिकाका उपप्रमुख बामदेब तामाङले बैंकिङ क्षेत्रले मुलुकको विकासमा ठूलो योगदान दिने भन्दै यो क्षेत्रमा राम्रो नीति ल्याइनुपर्ने बताए ।

कार्यक्रममा मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले लघुवित्तहरुको महत्व र आवश्यकताका बारेमा प्रष्ट पारे ।

बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकर्स एसोसिएसनको समेत सहकार्य रहेको वित्तीय साक्षरता कार्यक्रम देशव्यापी रुपमा सञ्चालन भइरहेको आयोजकले जानकारी दिएको छ ।


क्लिकमान्डु