असारभित्रै भूकम्प पीडितलाई आवास अनुदान वितरण गरिसक्न स्थानीय निकायलाई सर्कुलर




काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पप्रभावित सबै जिल्लामा स्थानीय जनप्रतिनिधिलाई परिचालित गरि पुनर्निर्माण र पुर्नलाभमा सहजीकरण गरिदिने व्यवस्था मिलाउन स्थानिय बिकास मन्त्रालयलाई परिपत्रगरेको छ ।

प्राधिकरणको प्रमुख कार्यकारीस्तर माभएको निर्णयअनुसार प्राधिकरणले निर्वाचन सम्पन्न भईसकेका भूकम्प प्रभातिव सबै जिल्ला कागाँउपालिका तथा नगरपालिका तथा निर्वाचन सम्पन्न हुन बाँकी जिल्ला समन्वय समितिलाई यस्तो परिपत्र गरेको हो ।

प्राधिकरणका सहप्रवक्ता डा. भीष्मकुमार भूसालकाअनुसार २०७३ पौष मसान्तसम्म आवास अनुदानवापतको पहिलो किस्ता लिइसकेका भूकम्प प्रभावित लाभग्राहीहरुले घरको जग राख्न बाँकीभएको भए यही असार मसान्तभित्र जग राखी/प्लिन्थ लेभलसम्मको कार्य सम्पन्न गरी दोस्रो किस्तादावी गरिसक्ने वातावरण सिर्जना गराउन आग्रहगरिएको छ ।

‘सबै वडा पदाधिकारीलाई परिचालित गरि पुनर्निर्माण र पुर्नलाभमा सहकार्य, सहयोग र सहजीकरण गरिदिनुका साथै भूकम्प प्रभावित १७ जिल्लामा लाभग्राहीहरुसँग अनुदान सम्झौता अविलम्ब सम्पन्न गरी असार मसान्तसम्म पहिलो किस्ताको रकम बितरण गर्न अनुरोध गरिन्छ,’ परिपत्रमा भनिएको छ ।

यसैगरी प्राधिकरणबाट गुनासो सुनुवाई मार्फत लाभग्राही सूचीमा परेका भूकम्प प्रभावितहरुसँग अनुदान सम्झौता गरी गाँउपालिका तथा नगरपालिकाले अविलम्ब जिल्ला समन्वय समितिमा पठाउने छ ।

सो समितिले यस अगावै पठाइएको अख्तियारी रकमबाटै पहिलो किस्ताको रकम र उक्त रकम पाइसकेका लाभग्राहीहरुलाई दोस्रो तथा तेस्रो किस्ताको लागि जिल्लास्तरीय आयोजना कार्यान्वयन इकाइबाट सिफारिस भै आएको अवस्थामा सो बापतको रकम समेत भुक्तानी गर्ने व्यवस्था मिलाउनसमेत परिपत्र गरिएको भूषलले बताए ।


पुष्प दुलाल