भलिबल खेलाडी र प्रशिक्षक नगदसहित सम्मानित



काठमाडौं । राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली र न्यु डायमन्ड एकेडेमीका भलिबल प्रशिक्षक कुमार राई ‘शेरवहादुर खड्का स्मृति खेलकुद अवार्ड’ बाट सम्मानित भएका छन् ।

दुबै जनालाई प्रतिष्ठानले आज नगदसहित सम्मानीत गरेको हो । प्रतिष्ठानले खेलाडी मालीलाई नगद ५० हजारसहित सम्मान गरेको हो ।

त्यसैगरी महिला भलिबलको विकासमा एक दशकदेखि क्रियाशील रहँदै आएका राईलाई नगद २५ हजार रुपैयाँबाट सम्मानित गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले सम्मान प्रदान गरेका थिए ।


क्लिकमान्डु