सानिमा बैंकको सेयर असार १५ बाट लिलाम बिक्री



काडमाडौं । सानिमा बैंकको सर्बसाधारण समुहको २ लाख ११ हजार ४७ कित्ता सेयरको लिलामी असार १५ गतेबाट हुने भएको छ ।

हकप्रद निश्कासनमा आबेदन नपरेको सर्बसाधारण समुहको सेयर बैंकले लिलाम बढाबढमा बिक्री गर्न लागेको हो ।

सिआईबीएल क्यापिटल बिक्री प्रबन्धक रहेको उक्त सेयर लिलामी भर्ने अन्तिम मिति असार २२ गतेलाई तोकिएको छ ।

इच्छुक आबेदन कर्ताले १०० रुपैयाँ तिरेर सिआईबीएल क्यापिटलबाट बोलपत्र फारम खरिद गरी आफुले खरिदगर्न चाहेको सेयर संख्या र मुल्य उल्लेख गरी गोप्य आबेदन दिन सक्ने छन् ।

 


क्लिकमान्डु