सिद्धार्थ डेभलपमेन्टको ८ लाख ५० हजार कित्ता सेयर लिलामी असार १४ बाट



काडमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंकको ८ लाख ५७ हजार ४३७ कित्ता सेयरको लिलामी असार १४ गतेबाट हुने भएको छ ।

हकप्रद निश्कासनमा आबेदन नपरेको संस्थापक सेयर समुहको ४ लाख ५१ हजार ५ सय ४८ कित्ता र सर्बसाधारण समुहको ४ लाख ५ हजार ८सय ८८ कित्ता सेयर बैंकले लिलाम बढाबढमा बिक्री गर्न लागेको हो ।

नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको उक्त सेयर लिलामी भर्ने अन्तिम मिति असार २१ गतेलाई तोकिएको छ ।

इच्छुक आबेदन कर्ताले १०० रुपैयाँ तिरेर बोलपत्र फारम खरिद गरी आफुले खरिदगर्न चाहेको सेयर संख्या र मुल्य उल्लेख गरी गोप्य आबेदन दिन सक्ने छन् ।

 


क्लिकमान्डु