आर्मी फुटबल क्लबको प्रायोजक बजाज



काठमाडौं । बजाजको पल्सर मोटरसाइकल त्रिभुवन आर्मी फुटबल क्लबको प्रायोजनको भएको छ । नेपालका लागि बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्द कम्पनीले अधिकृत विक्रेता रहेको बजाज पल्सर मोटरसाइकलले खेलकुद सामाग्रीका लागि बार्षिक २५ लाख रुपैयाँ प्रायोजन गरेको हो ।

पल्सरले र आर्मीबीचको सहकार्य ३ बर्षका लागि रहने छ । आर्मी अफिसर क्लमा आयोजित एक कार्यक्रममा आर्मी र बजाजबीच प्रायोजन सम्झौता गरिएको हो ।
बजाज पल्सरका प्रबन्ध निर्देशक शेखर गोल्छाले देशकै प्रमुख फुटबल क्लबसँग नयाँ सम्बन्ध बनाउन पाएकोमा गौरवान्वित भएको बताएका छन् ।

‘त्रिभुवनआर्मी फुटबल क्लब नेपालका प्रतिष्ठित र सर्वश्रेष्ठ क्लबहरु मध्ये एक हो ,बजाज पल्सर पनि नेपालकै सर्बाधिक बिक्रि हुने मोटरबाइक हो त्यसैले दुबैको सम्बन्ध गाँस्न पाउदाँ हर्षित छौं,’ गोल्छाले भने ।

आर्मीका उपरथी देवकुमार सुवेदीले यस प्रायोजनबाट खेलकुद क्षेत्रलाई ठूलो सहयोग मिलेको बताए ।


पुष्प दुलाल