हिमालयन पावरको आइपिओमा मागभन्दा १८ गुणा आवेदन, सबैले न्यूनतम १० कित्ता पाउने



काठमाडौं । हिमालयन पावर कम्पनीले निष्कासन गरेको साधारण सेयर(आइपिओ)मा माग भन्दा १८ गुणा आवेदन परेको छ ।

हिमालयन पावरले २१ करोड ३० लाख रुपैयाँको आवेदन माग गरेकोमा ३ अर्ब ८० करोड रुपैयाँ आवेदन परेको निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

धितोपत्र बोर्डले गरेका नयाँ व्यवस्था अनुसार आवेदन भर्नेले न्यूनतम १० कित्ता सेयर दिनुपर्छ ।

ग्लोबल आइएमई क्यापिटलका अनुसारका आस्वा मार्फत ४३ हजार ८ सय आवेदन मार्फत २ अर्ब ९५ करोड र पुरानो शैलीमा १९ हजार ९ सय आवेदन मार्फत ८५ करोड १५ लाख रुपैयाँको आवेदन परेको छ ।


क्लिकमान्डु