दोहोरो अंकले घट्यो नेप्से, एभरेष्ट इन्स्योरेन्सको मात्र १५ करोड बढीको कारोबार



काठमाडौं । साताको दोस्रो दिन पनि नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से २०.८२ अंकले घटेर १५५५.१६ अंकमा आइपुगेको छ ।

कुल कारोबार रकम ६४ करोड ९८ लाख रुपैंयाँ छ ।

सोमबार १३७ कम्पनीको ८ लाख १४ हजार कित्ता सेयर कारोबार भएको छ । कारोबार रकमका हिसाबले भने एभरेष्ट इन्स्योरेन्सको सबैभन्दा बढि १५ करोड ६६ लाख रुपैंयाँको कारोबार भएको छ । दोस्रोमा एभरेष्ट बैंकको ५ करोड ९३ लाख र प्राइम लाइफको ३ करोड ७ लाख रुपैंयाँको कारोबार भएको छ ।

उपसूचकहरु सबै घटेका छन् । बैंकिङ २०.३८, होटल १६.६२, बिकास बैंक २१.३१, जलबिद्युत १८.५१, बित्त १०, बीमा १४२.८९, उत्पादन २३.२५ र अन्य २.३१ अंकले घटेका छन् ।मबार सबैभन्दा बढि तारागाउँ रिजेन्सीको सेयर मुल्य ३.११ प्रतिशतले बढेको छ । दोस्रोमा कन्चन बिकास बैंकको सेयर मुल्य २ प्रतिशतले बढेको छ ।

एभरेष्ट बैंकको प्रमोटर सेयर सबैभन्दा बढि ९.४४ प्रतिशतले घटेको छ । यसैगरी मिथिला लघुबित्तको ५.९० र तिनउ बिकास बैंकको ५.३१ प्रतिशतले सेयर मुल्य घटेको छ ।


क्लिकमान्डु