सेयर ब्रोक्ररलाई भ्याटमा दर्ता गर्न विशेष स्कीम ल्याउन सुझाव



काठमाडौं । सरकारले गठन गरेको राजस्व परामर्श समितिले सेयर ब्रोक्ररलाई मुल्य अभिबृद्धि कर(भ्याट)को दायरामा ल्याउन सुझाव दिएको छ ।

स्थानीय तह निर्वाचनको कारण आगामी आर्थिक वर्षको बजेटमा नयाँ कार्यक्रम भने समेटिएन् । जसको कारण समितिले दिएको सुझाव भने कार्यान्वयन हुन सकेन ।

अर्थमन्त्रालयका राजस्व महाशाखा प्रमुख बिष्णु नेपालको संयोजकत्व गठन भएको राजस्व परामर्श समितिले सेयर ब्रोक्ररलाई भ्याटमा दर्ता हुनको लागि विशेष स्कीम संचालन गर्नुपर्ने सुझाव दिएको छ ।

महालेखा परीक्षकको कार्यालयले सेयर ब्रोक्ररलाई भ्याटको दायरामा ल्याउन सुझाव दिएको छ । महालेखाले सेयर ब्रोक्ररलाई भ्याटमा नल्याएको भन्दै सरकारको आलोचना गर्ने गरेको छ ।

सरकारले गठन गरेको समिति दिएको सुझाव महालेखाको प्रतिवेदन हेर्दा यो पटक नयाँ कार्यक्रम सहितको बजेट आएमा ब्रोक्ररहरुलाई भ्याटको दायरामा ल्याउने तयारी रहेको देखिन्छ ।


क्लिकमान्डु