ब्रिजवाटर कलेजमा एसइई पासगरेका १०० जनालाई ५० हजारका दरले छात्रवृत्ति




काठमाडौं । नेपालको ग्रामीण तथा भूकम्प प्रभावित क्षेत्रका माध्यमिक तहको परिक्षामा सहभागी भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्राप्त गर्ने अवसर आएको छ । यो छात्रवृत्ति ५० हजार रुपैयाँका दरले १०० जना विद्यार्थीहरुको लागि प्रदान गरिनेछ ।

ब्रिजवाटर इन्टरनेशनल कलेजले लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए २, लायन्स एण्ड लियो क्लब अफ काठमाडौं, कैलाश तथा टेक्नो कजेट नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

समझदारी पत्र अनुसार कमजोर आर्थिक अवस्था भएका तथा पिछडिएका ग्रामीण क्षेत्रका विद्यार्थीहरु र भूकम्प प्रभावित क्षेत्रबाट आएका बिद्यार्थीलााई छात्रवृत्ति प्रदान गरिनेछ ।

यो आवश्यकतामा आधारित छात्रवृत्ति कार्यक्रम एसईई सहभागी भएका विद्यार्थीहरुको लागि हो जसलाई वित्तिय सहयोग निकै आवश्यक रहेको देखिएको छ, ब्रिजवाटर इन्टरनेशनल कलेजका प्रिन्सिपल संदिप खनालले भने ।

‘क्रिएटिङ न्यू डाइमेन्सन टू एजुकेशन’ भन्ने मुल नाराका साथ ब्रिजवाटर इन्टरनेशनल कलेज आफूले चाहेको क्षेत्रमा भविश्य कोर्न सहयोग पुर्याउने माध्यम बन्ने जनाएको छ ।

 


क्लिकमान्डु