सक्षमको सहयोगमा नेपाल इन्भेष्टमेन्ट बैंकले खोल्यो दुई नयाँ शाखा



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले डोटीको दिपायलमा ४८औं र अछामको मंगलसेनमा ४९ औं शाखा तथा दैलेखको डाबामा एक्स्टेन्सन काउन्टरको उद्घाटन गरेको छ । उक्त शाखाहरू तथा एक्स्टेन्सन काउन्टरलाई यूकेएड सक्षम– एक्सेस टु फाइनान्स कार्यक्रमले सहयोग गरेको छ ।

दिपायलको पिपलबजारमा, मंगलसेनको क्याम्पस चौरमा र डाबा (माथिल्लो कर्णाली जलविद्युत परियोजनामा रहेको) मा रहेका यी शाखा तथा एक्स्टेन्सन काउन्टरले वित्तीय पहुँचलाई सुधार गरेर वित्तीय कारोबारहरूलाई सहज बनाउने र साना आकारका उद्योग तथा कृषिजन्य क्रियाकलापहरूमा सकरात्मक योगदान पुर्याउने अपेक्षा राखिएको छ ।

दिपायल शाखाको उद्घाटन सुदुरपश्चिममाञ्चल विकास केन्द्रका क्षेत्रीय प्रशासक शिशिर ढुङ्गाना गर्दै ल नेपाल इन्भेष्टमेन्ट बैंक र सक्षमले देखाएको प्रतिबद्धताको प्रशंसा गरे ।

शाखा उद्घाटन कार्यक्रममा बोल्दै सक्षमका टोली प्रमुख बलजित भोहराले नेपाल इन्भेष्टमेन्ट बैंक दिपायल र मंगलसेनमा शाखा खोल्ने पहिलो बैंकहरूमध्येको एक भएको र यसबाट वित्तीय पहुँच विस्तारमा मद्दत पुग्ने बताए ।


क्लिकमान्डु