ओम र मनास्लु विकास बैक गाभिए, चुक्ता पुँजी १ अर्ब ६६ करोड



काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजीवि नेपालले ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंक मर्ज भई बनेको ‘ओम डेभलपमेन्ट बैंक’ को संयुक्त कारोबारको शुभारम्भ गरेका छन् ।

सो अबसरमा गर्भनर नेपालले नेपालको बर्तमान बैंकिङ्ग अवस्था र नेपालको बितीय बातावरणबारे जानकारी दिए ।

बैंकका सञ्चालक समितिका अध्यक्ष सुशिल कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले बैंकको बिविध पक्षहरुको जानकारी गराए ।

मर्जरपछि बैंकको चुक्ता पुँजी करिब १ अर्ब ६६ करोड, निक्षेप १५ अर्ब ४० करोड, कर्जा १३ अर्ब ८० करोड, शाखा संख्या ४१, कर्मचारी संख्या ३२७, निक्षेप ग्राहक १ लाख ९८ हजार, कर्जा ग्राहक २५ हजार १ सय, एटिएम ग्राहक १५ हजार र मोवाईल बैंकिङ्ग ग्राहक ३७ हजार ५ सय पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले बताए ।


पुष्प दुलाल