११औ इजरायली फिल्म फेस्टिवल आयोजना हुँदै



काठमाडौं । इजरायली राजदूतावास काठमाडौं तथा नेपाल चलचित्र बोर्डको संयुक्त आयोजनामा काठमाडौं, पोखरा र विराटनगरमा ११औं इजरायली चलचित्र महोत्सवको आयोजना हुने भएको छ।

काठमाडौंमा जुन २१–२३, पोखरामा जुन २८–३० तथा विराटनगरमा जुलाई ६–८ मा आयोजना हुने ११ औं इजरायली चलचित्र महोत्सव गइरहेको हो।

इजरायली सरकारले सन् २०१७–१८ लाई स्वर्ण महोत्सवका रूपमा मनाउने घोषणा गरेको छ । यसै अन्तर्गत यो वर्ष जेरूसलेम शहरको पुनः एकिकरण भएको ५० वर्ष पूरा भएको खुशियाली पनि मनाइदैंछ।

यस चलचित्र महोत्सवले पनि जेरूसलेम शहरलाई सम्मान गर्ने हेतुले सो शहरसँग गाँसिएका कथाहरूलाई दर्शक माझ ल्याउँदै छ भने यी चलचित्रहरूले इजरायली संस्कृति, यहूदि परम्परा तथा समाजको चित्रण गरेको छ । साथै प्रत्येक चलचित्र प्रदर्शनी गर्न अगाडी जेरूसलेमबारे एउटा वृत्तचित्र पनि देखाइने दूतावासले जानकारी दिएको छ।

यो महोत्सवलाई नेपाल पर्यटन बोर्ड, ओर–टु–के रेष्टुराँ पोखरा तथा विराटनगर उद्योग संगठन मोरङ्गले साथ दिएको छ।


क्लिकमान्डु