एभरेष्ट बैंकको १ अर्ब ५० करोडको हकप्रद सेयर असार १८ गतेदेखि बिक्री खुल्ला



काठमाडौं । एभरेष्ट बैंकको १ अर्ब ५० करोड ८८ लाख ८७ हजार रुपैयाँको हकप्रद सेयर असार १८ गतेबाट बिक्री खुल्ला हुने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका १ करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद सेयर निकाष्शन गर्ने भएको हो ।

बैंकले ३ः१ अनुपातमा जारी गरेको हकप्रद सेयर असार ६ गतेसम्म सेयरधनी दर्ता पुस्तिकामा कायम सेयरधनीले आवेदन दिन सक्नेछन् ।

हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलका अनुसार साउन २२ गतेसम्म हकप्रद भर्न सकिने छ ।

हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ५२ करोड ६४ लाख २६ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ३ करोड ५३ लाख रुपैयाँ पुग्ने छ ।

नियामक नेपाल राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको चुक्ता पुँजी न्यूनतम ८ अर्ब रुपैयाँ हुनैपर्ने व्यवस्था गरेको छ ।

एभरेष्ट बैंकले राष्ट्र बैंकले तोकेअनुसार पुँजी पुर्याउन केही बैंक तथा वित्तीय संस्थासँग तीब्ररुपमा मर्जरको कुराकानी गरिरहेको छ ।

हकप्रद संकलन केन्द्रहरु

१.एनआईबिएल क्यापिटल मार्केट्स, लाजिम्पाट, काठमाडौं ।

२. एभरेष्ट बैंकको रजिष्टर्ड (केन्द्रिय) कार्यालय लाजिम्पाट, काठमाडौं तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरु ।


क्लिकमान्डु