स्वरोजगार लघुवित्तको ५० प्रतिशत हकप्रद सेयरको बिक्री खुल्यो



काठमाडौं । स्वरोजगार लघुवित्त विकास बैंकको हकप्रद सेयर आजबाट बिक्री खुल्ला गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका ३ करोड ४९ लाख ९९ हजार ३ सय ६० कित्ता सेयर हकप्रद निकाष्शन गरेका हो ।

बैंकले २ः१ अनुपातमा जारी गरेको हकप्रद सेयर जेष्ठ १६ गतेसम्म सेयरधनी दर्ता पुस्तिकामा कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार साउन ४ गतेसम्म हकप्रद भर्न सकिने छ ।

हकप्रद संकलन केन्द्रहरु

१.स्वरोजगार लघुवित्त विकास बैंक बनेपा–९, काभ्रेपालाञ्चोक तथा शाखा कार्यालयहरु बनेपा, पनौतीः काभ्रेपालाञ्चोक । हेटौंडा, मनहरीः मकवानपुर । गीतानगर, खोलेसिमल, भरतपुर, टाँडी, पर्साबजारः चितवन ।

२.एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी, काठमाडौं ।

३.एनएमबि बैंकका शाखा कार्यलयहरुः तिनकुने, सितापाईला, चाबहिल, ठमेल, कलंकी, बबरमहल, थापाथलीः काठमाडौं । सुर्यविनायकः भक्तपुर । कुमारीपटीः ललितपुर । तीनदोबाटोः बनेपा । मिलन चोकः बुटवल । महेन्द्रपथः धरान । रङ्गगेलीरोडः विराटनगर । सुर्खेतरोडः नेपालगञ्ज । बसपार्क रोडः धनगढी । न्यूरोडः पोखरा । आदर्शनगरः विरगञ्ज । भानुचोकः जनकपुर । नारायणगढः चितवन र बिर्तामोडः झापा ।


पुष्प दुलाल