अनाथ बालबालिकालाई हिमालयन बैंकले दियो लुगा र जुत्ता



काठमाडौं । हिमालयन बैंक बुढानीलकण्ठ-६, टुसालस्थित ‘नेपालमा भएका अनाथ असहाय बाल सुधार संघ’ का बालबालिकाहरुलाई सहयोग प्रदान गरेको छ ।

बैंकले सहयोगस्वरुप बाल सुधार संघमा रहेका अट्ठाईस जना बालबालिकाहरुलाई विद्यालय पोशाक तथा जुत्ता प्रदान गरेको हो ।

बैंकका तर्फबाट बैंकका प्रमुख व्यवस्थापक बिपिन हाडाले बालबालिकाहरुलाई उक्त सहयोग हस्तान्तरण गरे ।

देशका विभिन्न स्थानका अनाथ तथा असहाय बालबालिकाहरुलाई उक्त बाल सुधार संघले आश्रय तथा शिक्षा प्रदान गर्दै आईरहेको छ ।


पुष्प दुलाल