जावलाखेलमा एनबी इन्स्योरेन्सले खोल्यो नयाँ शाखा



काठमाडौं । एनबी इन्स्योरेन्स कम्पनीले ललितपूरको जाउलाखेलमा नयाँ शाखा खोलेको छ । यो कम्पनीको १९औं शाखा हो । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागांईले गरे ।

समितिका अध्यक्ष चापागाईले कम्पनीले छोटो समयमानै आफ्नो साख स्थापित गर्न सफल भएकोमा लगानीकर्ता, संचालक समिति, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिएका थिए ।

कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले चालु आर्थिक बर्षको जेठसम्ममा ६० करोड बीमा शुल्क आर्जन गर्न सफल भएको जानकारी दिएका थिए ।


क्लिकमान्डु