नेप्सेमा १० अंकको गिरावट, ५० करोडको कारोबार



काठमाडौं । नेपाल स्टोक एक्सेन्ज (नेप्से) परिसुचक साताको दोस्रो दिन १० अंकले घटेको छ । नेप्से परिसुचक ९.९७ अंकले घटेर १५८०.५२ अंकमा अडेको छ ।

सोमबार नेप्सेमा १ सय ३८ कम्पनीका ७ लाख ९८ हजार कित्ता सेयर किनबेच भएका छन् । ४९ करोड ८८ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ ।
नेप्सेका सबै उपसमुहहरु घटेका छन् ।

बैंकिङ समुह ७.४९, होटल समुह २८.९९, विकास बैंक समुह १२.९८, जलविद्यृत समुह २३.३८, वित्तीय समुह २.४, बीमा समुह ८१.०६, उत्पादन मुलक समुह ७.३ र अन्य समुह १.७३ अंकले घटेका छन् ।

आज वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका लगानीकर्ताले ९.५६ प्रतिशतले कमाएका छन् । त्यसै, नेस्नल माइक्रोफाइनान्स वित्तीय संस्थानका लगानीकर्ताले ६.९७ प्रतिशतले कमाएका छन् ।

एभेरेष्ट बैंक लिमिटेड प्रमोटर सेयरका लगानीकर्ताले ९.४४ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल