गभर्नर नेपालले भने- पुँजीबृद्धिको महत्व बुझाउन संसदीय समितिमा बयान दिएँ




काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले पुँजीबृद्धिको नीतिको कुरा नबुझ्दा संसदीय समितिमा बयान दिन जान परेको बताएका छन् ।

सेन्चुरी बैंकमा इनोभेटिभ र अरनिको डेभलपमेन्ट बैंक गाभिएपछिको एकीकृत कारोबारको सुरुवात गर्दै गभर्नर नेपालले पुँजी बृद्धि नीति ल्याउदा धेरैलाई मन नपरेको खुलासा गरे ।

‘ पुँजीबृद्धिले कालान्तरमा वित्तीय क्षेत्रलाई फाइदा गर्ने हो’,गभर्नर नेपालले भने,‘ अहिले मर्जरबाट सन्तुष्ट हुने अवस्था छ,यसमा राष्ट्र बैंक सफल भएको छ ।’

गभर्नर नेपालले औठाछाप अध्यक्षबाट जनताको पैसा सुरक्षण नहुँने भन्दै संचालकको योग्यता तोकिएको बताए ।

‘जनताको पैसा जिम्मा लिएको नाताले बाफियामा संस्थागत शुसासनको कुरा राखिएको हो’,उनले थपे । गभर्नर नेपालले स्थानीय तहबाट ठूलो आर्थिक कारोबार हुने हुँदा ती स्थानमा बैंक तथा वित्तीय संस्थाको शाखा पुर्याउन लागिएको बताए ।

राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पुँजी पुर्याउनको लागि सेन्चुरीले इनोभेटिव र अरनिकोलाई आफुमा गाभेको छ ।

एकीकृत कारोबारपछि बैंकको चुक्ता पुँजी ४ अर्ब ७१ करोड,निक्षेप ३८ अर्ब,कर्जा ३५ अर्ब पुगेको छ । बैंकले ४० प्रतिशत अकप्रद सेयर जारी गर्दै छ । बैंकले निकट भविष्यमा सगरमाथा फाइनान्स,अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई आफुमा मिलाउन लागेको छ ।


क्लिकमान्डु