अवैध बालुवा उत्खनन रोक्दै, विदुर नगरपालिकाका जनप्रतिनिधि



नुवाकोट । जनप्रतिनिधिले कानुन विपरीत सञ्चालित बालुवा उत्खनन बन्द गराएका छन् । विदुर नगरपालिकाभित्र लामो सयमदेखि सञ्चालनमा रहेका अवैध बालुवाको उत्खननलाई वैधानिक रुपमा सञ्चालन गराउन अभियान सुरु भएको हो ।

नगर प्रमुख सञ्जु पण्डितले अवैध रुपमा सञ्चालित खानी बन्दपछि पुनर्निर्माणमा आवश्यक निर्माण सामग्रीको अभाव सिर्जना हुन नदिन नयाँ व्यवस्था गर्ने योजना बनाइएको बताए ।

नगरपालिकाभित्र पर्ने त्रिशूली नदी र तादी, सामरी लगातय खोलामा उत्खनन गर्दै आएकालाई नियन्त्रण गरी वैधानिक बाटोमा ल्याउन सुरु गरिएको वडा नंं ५ का वडाध्यक्ष शिवकुमार चित्रकारले जानकारी दिए ।

खानी उत्खननका लागि पकेट क्षेत्र मानिएको खम्बाक्याम्प, मान्द्रेढुङ्गा बुनीबेसी लगायतको स्थानमा अवैध रुपमा सञ्चालित छवटा खानी बन्द गरी संलग्न स्काभेक्टर र टिप्परलाई कारबाही गर्न प्रहरीलाई बुझाएको ६ नंं वडाध्यक्ष राजु सडौलाले बताए । रासस


पुष्प दुलाल