ज्योति विकास बैंकको हकप्रद भर्नु भयो ?



काठमाडौं । ज्योति विकास बैंकले जारी गरेको हकप्रद सेयर अबको ६ दिनमा बन्द हुने भएको छ । बैंकले बैशाख २८ गतेदेखि जेष्ठ ३१ गतेसम्म हकप्रद सेयर खुल्ला गरेको हो ।

बैंकले २०७४ बैशाख १३ गतेसम्म कायम सेयर धनीहरुका लागि १ः१ को अनुपातमा हकप्रद सेयर जारी गरेको जनाएको छ ।

बैंकले एक सय मुल्य अंकित १ करोड १० लाख ४३ हजार १ सय ७१ कित्ता सेयर निष्काशन गरेको हो ।

बैंकको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।


पुष्प दुलाल