असार १ देखि हिमालयन पावरको २१ करोडको आइपीओ, कहाँबाट दिने आवेदन ?



काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले प्रतिकित्ता सय रुपैयाँ अंकित दरका २१ करोड ३० लाख ८३ हजार ४ सय रुपैयाँ बराबरका २१ लाख ३० हजार ८ सय ३४ कित्ता साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीको आइपीओ असार १ बाट निष्काशन खुला गर्ने निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटले जनाएको छ ।

ग्लोबल क्यापिटलका अनुसार छिटोमा असार ५ गते र ढिलोमा असार १५ गते बिक्री बन्द हुनेछ । कम्पनीले निष्काशन गरेको आइपीओमा आवेदकहरुले न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्तासम्म सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको अधिकृत पुँजी २ अर्ब ७० करोड रुपैयाँ छ । कम्पनीको जारी पुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ छ । कम्पनीको चुक्ता पुँजी ८५ करोड २३ लाख ३३ हजार ६ सय रुपैयाँ छ ।

कहाँबाट दिने आवेदन ?

१. ग्लोवल आइएमई क्यापिटल, जमल, काठमाडौं ।

२. हिमालयन पावर पार्टन, पानीपोखरी, काठमाडौं ।

३. ग्लोबलआइएमई बैंकका शाखा कार्यालयहरु क्रमशः

(१) बीरगञ्ज, पर्सा (२) पोखरा, कास्की (३) नेपालगञ्ज बाँके (४) विराजनगर, मोरङ (५) बुटवल, रुपेन्देही (६) धनगडी, कैलाली (७) महेन्द्रनगर, कञ्चनपुर (८) विर्तामोड, झापा ।

४. काठमाडौं क्यापिटल मार्केट, काठमाडौं प्लाजा, काठमाडौं ।

५. प्रभु क्यापिटल, कमलादी, काठमाडौं ।

६. सिबिआईएल क्यापिटल, डिल्लीबजार, काठमाडौं ।

७. रिलायवल क्यापिटल, सुन्धारा, काठमाडौं ।

८. एनआईसी एसिया क्यापिटल, बबरमहल, काठमाडौं ।

९. सानिमा क्यापिटल, नक्साल, काठमाडौं ।

१०. एस क्यापिटल, दरबारमार्ग, काठमाडौं ।

११. भिबोर क्यापिटल, पुल्चोक, ललितपुर ।

१२. सिभिल क्यापिटल मार्केट, सुनधारा, काठमाडौं ।

१३. नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु ।


पुष्प दुलाल