ब्रसेल्समा एफएनसीसीआई उपाध्यक्ष चन्द्र ढकालको सम्बोधन




काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकालले २ वर्ष अघिको विनासकारी भूकम्पबाट प्रभावित १४ जिल्लाहरुमा निजी क्षेत्रले ठूलो सहयोग गरेको बताए ।

बेल्जियमको ब्रसेल्समा आयोजित तेस्रो विश्व पुनर्निर्माण सम्मेलनलाई सम्बोधन गर्दै ढकालले यस्तो बताएका हुन् । जेठ २३ देखि बेल्जियमको ब्रसेल्समा भइरहेको सम्मेलन बिहीबार सकिँदैछ ।

सम्बोधनका क्रममा उपाध्यक्ष ढकालले भूकम्पले नराम्ररी प्रभावित भएको र त्यसबाट निकै ठूलोजनधनको क्षतिपुग्न गएको र अर्बौको आर्थिक नोक्सानी पुग्न गएको स्मरण गराउँदै भुकम्प पश्चात तत्काल विपत्तिमा परेका जनताहरुलाई नेपाली निजी क्षेत्रले अग्रस्थानमा रहेर सेवा पुर्‍याएको बताए ।

उनले निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघले मुलुकभर रहेको आफ्नो संजाल मार्फत् राहत संकलन गरि प्रभावित जिल्लाहरुमा रहेका आफ्ना सदस्यहरुको सहयोगमा पिडीत जनतालाई राहत पुर्‍याउने काम गरेको समेत विश्व समुदायलाई जानकारी गराए ।

तत्काल राहतमा सहयोग गर्ने कार्यका अतिरिक्त निजी क्षेत्रले पुनरनिर्माणको कार्यमा समेत सरकारलाई सहयोग गरेको उनले जानकारी गराए ।

विभिन्न आन्तरिक कारणबाट पुनरनिर्माण कार्य सतोषजनक रुपमाअघि बढ्न नसकेको यथार्थता अवगत गराउनु हुँदै उनले निकै लामोसमय पछि सम्पन्न स्थानीय निकायको निर्वाचन पश्चात अव पुनरनिर्माणको कार्यले गति लिने विश्वास समेत दिलाए ।

सम्मेलन यूरोपियन यूनियनको मुख्य आयोजना र यूरोपियन कमिसन, विश्व बैंकको ग्लोवल फ्यासलिटी फर डिजास्टर रिडक्शन एण्ड रिकभरी (जीएफडीआरआर र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम लगायतका विश्व संस्थाहरुको सहआयोजनामा भएको हो ।

सन् २०११ मा जेनेभामा पहिलो र सन् २०१४ मा अमेरिकाको वासिङटनमा दोस्रो सम्पन्न सम्मेलनको सफलतापछि विश्व पुनरनिर्माण सम्मेलनको यो तेस्रो संस्करणको हो ।

विश्वमा, प्राकृतिक विपत्ति पश्चात तत्काल आइपर्ने समस्याको प्रभावकारी व्यवस्थापन सहित तत्पश्चात पुनरप्राप्ति, पुनस्र्थापना र पुनरनिर्माणको कार्यलाई उत्कृष्टरुपमा सम्पादन गर्ने कार्यलाई प्रवर्द्धन गर्नुनै सम्मेलनको मुख्य उद्देश्य हो ।

सम्मेलनमा विभिन्न देशका सरकार, अन्तराष्ट्रिय संघरसंस्थाहरु, निजी क्षेत्र, सरोकारवाला निकायका प्रतिनिधिहरु, विषयगत विज्ञहरु, गैर सरकारी संघरसंस्थाहरुका गरि ५ सयको सहभागिता छ ।

सम्मेलनमा राष्ट्रिय पुनरनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी सीइओ डा. गोविन्दराज पोखरेलले भुकम्पपछिको पुनर्निर्माणका विषयमा विशेष प्रस्तुती गरेका थिए ।


पुष्प दुलाल