मेगाको ६५ प्रतिशत हकप्रद सेयर निष्कासनको लागि सम्झौता



काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई हकप्रद साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

मेगा बैंकका सिइओ अनिलकेशरी शाह र नबिल इन्भेष्टमेण्टका सिइओ प्रवीणरमण पराजुलीबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

मेगा बैंकले गत बार्षिक साधारण सभाबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । सोही बमोजिम बैंकले छिट्टै प्रतिशेयर एक सय रुपैँयाका दरले २ अर्व ९७ करोड ८५ लाख ३ हजार चार सय ३३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार ३४.३३ कित्ता शेयर शेयरधनीहरुलाई निष्काशन गर्न लागेको मेगा बैंकका सिइओ शाहले दिए ।
हकप्रद शेयर निस्कासन गरेपछि मेगा बैंकको चुक्तापुँजी साँढे ७ अर्ब बढी पुग्नेछ । यसैगरी, आगामी आर्थिक बर्षको मुनाफापछि चुक्ता पुँजी ८ अर्ब पुग्ने बैंकले जनाएको छ ।


क्लिकमान्डु