बुटवल पावर कम्पनीको एफपिओ मुल्य कति ?



काठमाडौं । बुटवल पावर कम्पनीले एफपिओ निष्काशनका लागि ५ सय १८ रुपैयाँ प्रस्ताव गरेको छ । कम्पनीले एक सय रुपैयाँ फेस भ्याल्युमा ४ सय १८ रुपैयाँ प्रिमियम थप गरी ५ सय १८ रुपैयाँ प्रस्ताव गरेको हो ।

यसअघि कम्पनीले प्रिमियम सहित ४ सय ७० रुपैयाँमा एफपिओ जारी गर्ने प्रस्ताव गरेको थियो । तर, हाल जारी भएको धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार कम्पनीले नयाँ मुल्य प्रस्ताव गरेको हो ।

कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले ४० लाख ८१ हजार कित्ता शेयर  १ सय रुपैयाँ फेस भ्याल्युमा ४ सय १८ रुपैयाँ प्रिमियम थपगरी प्रतिकित्ता ५ सय १८ रुपैयाँमा एफपिओ निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले बिक्री प्रबन्धको रुपमा एनएमबि क्यापिटल तथा लक्ष्मी क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले गत चैत १३ गते एफपिओ निष्काशनको अनुमति माग्दै धितोपत्र बार्डमा आवेदन गरेको थियो ।


पुष्प दुलाल