देउवालाई शेयर बजारको ग्रिन सिग्नल, नेप्सेमा ३५ अंकको वृद्धि




काठमाडौं । शेयरबहादुर देउवालाई शेयर बजारले ग्रिन सिग्नल देखाएको छ । पुष्पकमल दाहाल प्रचण्डको राजिनामासँग सुस्ताएको शेयर बजार शेयरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने भएसँगै उर्लिएको छ ।

साताको तेस्रो दिन नेप्से परिसुचक ३४.७२ अंकले बढेको छ । १६०२.६५ अंकबाट दिनको कारोबार सुरु गरेको नेप्से परिसुचक १६३७.३७ अंकमा अडेको छ ।

आज १ सय ४८ कम्पनीका १४ लाख ९६ हजार कित्ता शेयर किनबेच भएको छ । कारोबार पनि ९१ करोड १६ लाख रुपैयाँको भएको छ ।

मंगलबार घाटामा रहेको उपसुचक उत्पादन मुलक समुह छ ।
उत्पादन मुलक समुह १४.०६ अंकले घटेको छ ।

बैंकिङ समुह ३५.८२, होटल समुह ६२.४५, विकास बैंक समुह ३५.३८, जलविद्युत समुह ३५.६८, वित्तिय समुह ७.३१, बीमा समुह १७२.५७, अन्य समुह १५.६२ समुहले बढेका छन् ।

मिथिला लघुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । आरएसडिसि लघुवित्त वित्तिय संस्था र वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका लगानीकर्ताले ९.९७ र ९.५७ अंकले कमाएका छन् ।

बोत्तलर नेपाल (तराई) लिमिटेड र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोर्थ स्किम वानका लगानीकर्ताहरुले २.९२ र २.०१ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल