प्रभु इन्स्योरेन्सको सेयर लिलामी जेठ ३१ बाट



काठमाडौं । प्रभु इन्स्योरेस कम्पनीको संस्थापक र साधारण तर्फको ४८ हजार १ सय २२ कित्ता सेयर लिलामी हुने भएको छ । लिलामी यहि जेठ ३१ गतेबाट लिलाम बिक्रीको लागी खुल्ला गरिने भएको छ ।

संस्थापक समुहबाट ५ हजार ३ सय ३४ कित्ता सेयर लिलामीको लागी राखिएको छ भने, सर्बसाधारण तर्फको ४२ हजार ७ सय ८८ कित्ता सेयर राखिएको छ ।

लिलामीमा सहभागि हुनेले कम्तीमा १०० कित्ता वा सो भन्दा बढी १० अंकले भाग जानेगरी बोलकवोल गर्न सक्ने छन् ।

बोलपत्र आबेदन १०० रुपैयाँ तिरेर प्रभु क्यापिटलबाट लिन सकिने छ ।


क्लिकमान्डु