नेप्सेमा ९ अंकको वृद्धि, ६२ करोडको कारोबार



 


काठमाडौं । साताको कारोबारको दोस्रो दिन नेप्सेमा ८.८४ अंकको सुधार आएको छ । पछिल्ला केही दिनमा निरन्तर घटेको नेप्से सोमबार ८.८४ अंकले बढेर १६०२.६५ अंक पुगेको हो ।

सोमबार १४९ कम्पनीका १३ लाख ९१ हजार कित्ता सेयर किनबेच हुँदा ६२ करोड २ लाख रुपैंयाँको कारोबार भएको छ ।

उपसूचकहरुमा बित्त ०.९५ अंकले घटेको छ भने अन्य सबै उपसूचकहरु बढेका छन् । बैंकिङ १०, होटल ६.०७, बिकास बैंक १०.९, जलबिद्युत ७.२७, बीमा १५.१, उत्पादन २१.६९ र अन्य ४.६३ अंकले बढेका छन् ।

स्ट्यान्डर्ड चार्टड बैंकको सबैभन्दा बढि ६ करोड २ लाख रुपैंयाँको कारोबार भएको छ भने दोस्रोमा एसियन लाइफको प्रमोटर सेयरको ४ करोड ८० लाख रुपैंयाँको कारोबार भएको छ । यसैगरी नेपाल लाइफको र सानिमा बैंकको २ करोड ६० लाख र २ करोड ४८ लाख रुपैंयाँको कारोबार भएको छ ।

सबैभन्दा बढि आरडिएससी लघुबित्तको १० प्रतिशतले सेयर मुल्य बढेको छ । यसैगरी बल्र्ड मर्चेन्ट र किसान माइक्रोफाइनान्सका लगानीकर्ताले पनि ५.६२ र ५ प्रतिशतले कमाएका छन् ।

सोमबार सबैभन्दा बढि सिनर्जी फाइनान्स र गुडविल फइनान्सका लगानीकर्ताले ३.३ र ३.२ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल