एन आई सी एशिया बैंकद्वारा विभिन्न स्थानमा वृक्षारोपण



काठमाडौं । एन आई सी एशिया बैंकले विश्व वातावरण दिवसको अवसरमा बैंकको कुस्मा शाखाद्वारा जिल्ला प्रहरी कार्यालय, बैंकको अत्तरीया शाखाद्वारा कैलाली जिल्लास्थित सैनिक आवासीय महाविद्यालय एव बैंकको ईलाम शाखाद्वारा ईलाम नगरपालिकाको स्वामित्वमा रहेको नगर बाल उद्यानमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण गरेर हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पु¥याएको जानकारी दिएको छ ।

एन आई सी एशिया बैंकले देशभरी रहेका आफ्ना शाखाहरुको पहलमा देशका विभिन्न स्थानहरुमा वृक्षारोपण एवं सो को यथोचित संरक्षणका लागि उपयुक्त स्थान छनौट गरि सम्बन्धित संस्था तथा निकायहरुको सहकार्यमा वृक्षारोपण गर्दै आइरहेको छ । यसै क्रममा बैंकले यहि आर्थिक वर्ष २०७३/७४ भित्र मुलुकभर ७००० विरुवाहरुको वृक्षरोपण गर्ने अठोट लिएर अघि बढीरहेको छ ।

यस्तो वृक्षारोपणबाट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व मार्फत वातावरणीय सन्तुलन तथा हरियाली कायम गर्न योगदान पुग्ने बैंकले जनाएको छ ।


क्लिकमान्डु