सिद्धार्थ बैंक छाडेर कुमारीमा आए सुरेन्द्र भण्डारी



काठमाडौं । सिद्धार्थ बैंक छाडेर सुरेन्द्र भण्डारी कुमारी बैंकमा आएका छन् ।

कुमारी बैंकको संचालक समितिको बैठकले सुरेन्द्र भण्डारीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

बैंकको जेठ १९ मा बसेको संचालक समितिको बैठकले भण्डारीलाई सिइओमा नियुक्त गरेको हो । सिदार्थ बैंकमा सिइओ हुनुभन्दा अगाडि भण्डारी कुमारीमा थिए ।
कुमारी बैंकमा भने राजिव गिरीले कामु सिइओको रुपमा चलाएका थिए ।

सिदार्थमा भण्डारीको दुई कार्यकाल पुरा हुने भएको हुँदा उनले सिदार्थ छाडेका हुन् । अहिलेको बाफियाले लगातार दुई कार्यकाल एउटा बैंकमा सिइओ हुन दिदैन । यसको गणना पुरानो मितीबाट गर्न सक्ने व्याख्या अदालतले गरेको छ ।


क्लिकमान्डु