आजदेखि उपत्यकामा बजार अनुगमन



काठमाडौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण बिभागले आजदेखि उपत्यका केन्द्रित अनुगमन संचालन गर्ने जनाएको छ ।

उपभोक्तावादी बिभिन्न संघ संस्थासँगको छलफलमा महानिर्देशक कुमार प्रसाद दाहालले आजबाट उपत्यका केन्द्रित अनुगमन संचालन गर्ने जानकारी दिएका हुन् । बिगतमा जस्तै यस पटकपनि बिभागले अनुगमन गर्नलागेको दाहालको भनाई छ ।

उनले अनुगमनमा खटिने कर्मचारीलाई हतार नगरि सुक्ष्म अनुगमन गर्न निर्देशन दिदैं माछा मासु पसल र बधशाला, औषधी पसल र क्लिनिक, होटल तथा मिठाई पसल, पेट्रोलियम पदार्थ र पम्पहरु, दुध तथा खानेपानी र यातायातमा अनुगमन गर्ने जानकारी दिए ।

यसरी अनुगमनमा जान दैनिक ५ टोली परिचालन गरिने बिभागले जनाएको छ ।


क्लिकमान्डु