बैंक नपुगेका स्थानीय तहमा शाखा खोल्न राष्ट्र बैंकको अनुमति नचाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको शाखा नभएका स्थानीय तहमा शाखा खोल्नको लागि अनुमति नचाइने व्यवस्था गरेको छ ।

सरकारले गत साता ल्याएको आगामी आर्थिक वर्षको बजेटमा सबै स्थानीय तहमा शाखा पुर्याउने घोषणा गरेको थियो ।

राष्ट्र बैंकले ७ सय ४४ स्थानीय तहमा कुन स्थानमा वाणिज्य बैंकको शाखा रहेको छैन त्यसको जानकारी गराउन बैकर्स संघलाई सात दिनको समय दिएको छ ।

राष्ट्र बैंकले संघको समन्वयनमा स्थानीय तहको केन्द्रमा शाखा खोल्ने नीति लिएको छ ।

यसरी एउटा पनि बैंकको शाखा नभएका स्थानमा शाखा खोल्ने वाणिज्य बैंकले विभिन्न सुविधा पाउने छन् । राष्ट्र बैंकले त्यो स्थानमा बैंक शाखा स्थापना भएपछि तीनवर्षसम्म अर्को शाखा खोल्न अनुमति नदिने जनाएको छ ।
सरकारले सबै स्थानीय तहको कारोबार बैकिङ प्रणालीबाट गर्ने र त्यसको लागि सबै स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैंकको शाखा पुर्याउने नीति लिएको थियो ।

तराईका जिल्लाभन्दा पहाडी तथा हिमाली जिल्लाका सदरमुकाम बाहेका स्थानीय तहमा बैंक शाखाको उपस्थिती रहेको छैन ।

राष्ट्र बैंकले यसरी शाखा खोल्नको लागि आवश्यक पूर्वाधार निर्माणको लागि सरकारलाई आग्रह गर्ने जनाएको छ ।


क्लिकमान्डु