बीमा कम्पनीमा जागिर खान तयार हुनोस्, २ वर्षमै ६ हजारलाई अबसर



काठमाडौं । हप्ता दिनअघि सिटिजन लाइफ इन्स्योरेन्सले ९९ पदका लागि आवेदन माग्यो । कम्पनीले ६ म्यानेजर, १ एक्चुरी, २ लिगल अफिसर/कम्प्लाइन्स अफिसर, ३० म्यानेजमेन्ट ट्रेनी र ६० अफिसर ट्रेनी एसिसटेन्ट गरी कुल ९९ आवेदन माग गर्यो ।

त्यसयता २ वटा जीबन बीमा कम्पनीले नाम नखुलाई जागिरका लागि प्रतिकम्पनी १०० जनाकै हाराहारमा आवेदन माग गरिसकेका छन् ।

सिटिजन लाइफले म्यानेजर पदका लागि इन्स्योरेन्सले स्नातकोत्तर वा न्युनतम स्नातक उतिर्ण र ५ वर्ष कुनै बैंकिङ वा बीमा कम्पनीमा अनुभव भएकालाई प्राथमिकता दिने प्रकाशित सूचनामै उल्लेख गरेको छ ।

राम्रो जागिरमा पाउने सबै कुरा बीमाको जागिरमा छ । बीमा कम्पनीमा जागि खानेलाई आकर्षक तबल, कर्मचारीको र उनका परिवारको जीबन बीमा, घर बनाउन सस्तो दरमा कर्जासमेत उपलब्ध हुन्छ ।

अर्थमन्त्रालयको सहमतिमा बीमा समितिले १० वटा जीबन बीमा कम्पनीको लाइसेन्स दिइसकेको छ । समितिबाट हालै लाइसेन्स पाएका कम्पनीहरुले अहिले धमाधम कर्मचारी र सीइओ खोजिरहेका छन् ।

कतिपयले कार्यालय पनि स्थापना गरिसके भने कतिपयले कार्यालय राख्नका लागि घर भाडामा खोजिरहेका छन् । नयाँ बीमा कम्पनीले लाइसेन्स पाएपछि यो वर्ष बीमा क्षेत्रमा ठूलो संख्यामा रोजगारी सिर्जना हुने भएको छ ।

नयाँ बीमा कम्पनीले लाइसेन्स पाउँदा १ बर्षभित्र १ हजार जनालाई र बाँकी बर्षहरुमा ५ हजारलाई प्रत्यक्ष रोजगारी सिजर्ना हुने बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईं बताउँछन् ।

‘बीमा क्षेत्रमा यति ठूलो संख्यामा रोजगरी सिर्जना गर्न पाएकोमा आफुलाई गौरवान्वित महसुस गर्छु,’ अध्यक्ष चापागाईंले भने ।

समितिका अध्यक्षको भनाई अनुसार आगामी २ देखि ३ वर्षभित्र बीमा क्षेत्रमा ६/७ हजारले रोजगारी पाउने छन् । एक्चुअरी, म्याथमेटिक्स, इकोनोमिक्स, म्यानेजम्यान्ट र चाटर्ड एमाउन्टेन्ट अध्ययन गरेकाले नयाँ बीमा कम्पनीमा जागि पाउने छन् ।

यो वर्षभित्रै बीमा क्षेत्रमा कम्तिमा पनि १५ सय जनालाई रोजगारी सिजर्ना हुने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) बिबेक झा बताउँछन् ।

जागिरका लागि बीमा उत्कृष्ट

सीइओ झाका अनुसार पछिल्लो समय बीमा क्षेत्र जागिरका लागि निकै उत्कृष्ट मानिन्छ ।

‘जागिरका लागि पहिला बैंकिङ क्षेत्र फ्रन्ट लाइनमा आउँथ्यो, अहिले बीमा पनि फ्रन्ट लाइनमा आएको छ,’ उनलेले भने ।

झाका अनुसार राम्रो जागिरमा पाउने सबै कुरा बीमाको जागिरमा छ । बीमा कम्पनीमा जागि खानेलाई आकर्षक तबल, कर्मचारीको र उनका परिवारको जीबन बीमा, घर बनाउन सस्तो दरमा कर्जासमेत उपलब्ध हुन्छ ।

त्यतिमात्र होइन, नयाँ बीमा कम्पनीले आफ्ना कर्मचारीहरुलाई चुक्ता पुँजीको ५ प्रतिशत सेयर बिक्री गर्नुपर्ने हुन्छ । नयाँ कम्पनीमा जागिर खाने कर्मचारीहरुको लागि यो अर्को ठूलो अवसर हो ।

बीमा क्षेत्र निकै प्राविधिक भएकाले बीमा कम्पनीमा जागिर खान जटिल भएको झा बताउँछन् ।

‘बीमा कम्पनीमा जागिर खान अपडेट, स्मार्ट, डायनामिक र क्रिएटीभ हुनु आवश्यक छ,’ उनले भने ।


पुष्प दुलाल