सांग्रिला डेभलपमेण्ट बैंकको अनलाईन आश्वा सेवा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले अनलाईन आश्वा सेवा सुरु गरेको छ । बैंकले प्रविधिको उच्चतम उपयोग गरि ग्राहकहरुलाई आधुनिक सेवा दिन आश्वा अन्तर्गत अनलाइन शेयर आवेदन दिन सकिने व्यवस्था मिलाएको बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए ।

अनलाईन आश्वा सेवा मार्फत सेयर आवेदन दिनका लागि ग्राहकले सांग्रिला डेभलपमेन्ट बैंकको ईन्टरनेट बैंकिङ्ग सेवा लिएको हुनुपर्ने बताइएको छ ।

बैकले यस अघी पनि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिई आश्बा प्रणाली अन्तर्गत धितोपत्र निष्कासन हुँदाका बखत लगानीकर्ताबाट दरखास्त संकलन गर्दै आइरहेको बैकका नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

ग्राहकलाई थप सुबिधा दिन यो अनलाईन आश्वा सेवा सुरु गरेको जनाइएको छ । वालुवाटार काठमाण्डौमा केन्द्रीय कार्यालय रहेको बैकले यही जेठ १९गते काठमाण्डौमा १२औ साधारणसभा गर्ने बताइएको छ ।


पुष्प दुलाल