हिमालयन पावरले २१ लाख कित्ता आइपिओ जारी गर्न अनुमति पायो




काठमाडौं । हिमालयन पावर पार्टनरले सर्वसाधारणलाई आइपिओ निष्काशनको लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले प्रति कित्ता १०० रुपैंयाँको दरले २१ लाख ३० हजार ८ सय ३४ कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले सेयर निष्काशनको मिति भने तय गरिसकेको छैन ।
कम्पनीले बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमइ क्यापिटललाई नियुक्त गरेको छ ।

यसअघि पनि कम्पनीले आयोजना प्रभावीत क्षेत्र लम्जुङका बासिन्दाका लागि १० लाख ६५ हजार ४ सय १७ कित्ता आइपिओ जारी गरिसकेको छ ।


क्लिकमान्डु