हिमालयन बैंकको बोनस सेयर सुचिकृत



काठमाडौं । हिमालयन बैंकको १ करोड ३४ लाख ९७ हजार ४ सय ३५ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।

बैंकले गत आर्थिक बर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर बाँडेको थियो ।

७: १ अनुपातको हकप्रद बितरण र त्यसपछिको ३० प्रतिशत बोनस सेयर पश्चात बैंकको चुक्ता पुँजी हाल ६ अर्ब ६१ करोड रुपैंयाँ पुगेको छ ।
चालु आर्थिक बर्षमा १ अर्ब ५३ करोड रुपैंयाँ खुद नाफा कमाएको बैंकको अन्तिम कारोबार मुल्य ९ सय २५ रुपैंयाँ रहेको छ ।


क्लिकमान्डु