सेन्चुरी कर्मशियल बैंकले सेती फाइनान्स प्राप्ती गर्ने भएपछि सेतीको कारोबार बन्द



काठमाडौं । सेन्चुरी कर्मशियल बैंकले सेती फाइनान्सलाई प्राप्ती गर्ने भएपछि नेप्सेमा सेतीको कारोबार बन्द भएको छ ।

सेतीसँगै सेन्चुरीले अरनिको विकास बैंक, इनोभेटिभ विकास बैंक, सगरमाथा फाइनान्स र अल्पाइन विकास बैंक गरी ५ संस्था प्राप्ती गर्ने भएको छ ।

सेन्चुरीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३१.०९ करोड रुपैंयाँ खुद नाफा कमाएको छ । बैंकले अरनिको तथा इनोभेटिभलाई प्राप्ती गरे पश्चात कायम भएको पूँजीमा ४० प्रतिशत हकप्रद पनि जारी गर्दैछ ।


क्लिकमान्डु