सिद्धार्थ बैंकको हकप्रद सेयर जेठ २५ गतेदेखि



काठमाडौं । सिद्धार्थ बैंकले आगामी जेठ २५देखि ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले हालको चुक्ता पूँजीको ३० प्रतिशतको हिसाबले १ करोड ५७ लाख ५२ हजार ५ सय ७८ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

सेयरधनीले असार २८ गतेसम्म हकप्रदमा आवेदन दिन पाउनेछन् ।

हकप्रदको बुकक्लोज जेठ १६ गते तोकिएको छ । यसको अर्थ साबिक सेयरधनीका अलावा जेठ १४ गतेसम्म सेयर खरिद गरेका सेयरधनीहरुले हकप्रदमा आवेदन दिन पाउनेछन् ।

लक्ष्मी क्यापिटलले हकप्रदको ब्यवस्थापन गर्दैछ ।

ईच्छुक सेयरधनीहरुले लक्ष्मी क्यापिटल, सिद्धार्थ क्यापिटल लगायत सिद्धार्थ बैंकका सम्पूर्ण शाखाहरुबाट हकप्रदमा आवेदन दिन सक्नेछन् ।

बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म ९५ करोड ७० लाख रुपैंयाँ खुद नाफा कमाएको छ । ३० प्रतिशत हकप्रद पछि बैंकको चुक्ता पूँजी ६ अर्ब ८२ करोड रुपैंयाँ पुग्नेछ ।


क्लिकमान्डु