पुँजी बजारलाई बजेटले पार्यो निराश



काठमाडौं । बजेटले पुँजी बजारको बारेमा खासै नयाँ कार्यक्रम समेटेको छैन ।

अघिल्लो वर्षको जस्तै उत्पादन मुलक क्षेत्रका कम्पनीलाई सार्वजनिक सेयर निष्कासन(आइपिओ) जारी गर्न विशेष प्रोत्साहन दिने योजना बजेटमा छ ।

अर्थमन्त्री कृष्णबहादुर महराले पेश गरेको बजेटमा पुँजी बजारलाई समेट्ने केही कार्यक्रम छैन ।

बजेटले सेयर कारोबारलाई पूर्ण स्वचालिन र पारदर्शी बनाउने र धितोपत्र नियमनको सदस्यता लिने बताएको छ ।


क्लिकमान्डु