साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन लिन पैसा दिनुपर्ने



काठमाडौं । सरकारले साउन १ देखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित अनिवार्य पेन्सन प्रणाली लागु गरेको छ ।

पेन्सनमा राज्यकोषको ठूलो भार परेको भन्दै उपप्रधान एवम अर्थमन्त्री कृष्णबहादुर महराले पेश गरेको बजेटमा साउन १ देखि नियुक्त हुने सबै कर्मचारीमा योगदानमा आधारित पेन्सन प्रणाली लागु हुने घोषणा गरे ।

यस योजना अन्तर्गत साउनदेखि नियुक्त हुने कर्मचारीले पेन्सनको लागि सन्चय कोष जस्तै रकम कट्टा गर्नुपर्छ ।


क्लिकमान्डु